प्रहरीले दाङबाट लागु औषध चरेशसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा रोल्पाको गंगादेव गाँउपालिका–४ का २१ वर्षीय गणेश वली, वर्ष २७ को भुपेन्द्र थापा र वर्ष ४० को अमृत थापा रहेका छन्।
उनीहरुको साथबाट ८ किलो पाँच सय ग्राम चरेशका साथै रा३प ४५५९ नं.को होण्डा युनिकन मोटरसाईकल बरामद भएको छ।
गोप्य सुचनाको आधारमा उनीहरुलाई पिछा गर्दै जाँदा दाङ रोल्पा होलेरी सडक खण्डको दाङ रोल्पा सिमाना स्थित घोराही १९ खम्वास भन्ने स्थानमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।
प्रतिक्रिया