समाज


रेडियो नेपालमा नारावाजी गर्न खोज्दा पत्रकार पक्राउ

रेडियो नेपालमा नारावाजी गर्न खोज्दा पत्रकार पक्राउ

नेपालखबर
भदौ ३०, २०७६ सोमबार ९:४५,

सिंहदरबारस्थित रोडियो नेपालमा विरोध प्रदर्शनमा उत्रिएका सञ्चारकर्मीहरु पक्राउ परेका छन्।

रेडियो नेपालको प्रदेश प्रशारण केन्द्र दिपायलबाट निस्कासिन गरेका तीन जना पत्रकारको पुनर्बहालीसँगै श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग राख्दै रेडियो नेपालको केन्द्रीय प्रशारण केन्द्रमा नाराबाजी गरेपछि उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्ने सञ्चारकर्मीहरुमा नेपाल पत्रकार महासंघका सचिवसमेत रहेका श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहाल, नेपाल प्रेस यूनियनका महासचिव अजयबाबु शिवाकोटी,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरु जन्मदेव जैशी, मीन बम, यम बिरही, पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायर, प्रेस यूनियनका केन्द्रीय सदस्य दिलिप पौडेल, निस्कासन गरिएका डोटीका पत्रकार प्रकाश बम र चक्र कुँवर छन्।

रेडियो नेपाल परिसरमा नाराबाजी गरेपछि प्रहरीले पक्राउ गरेको जनाइएको छ।

 रेडियो नेपालले केही दिनअघि महासंघ डोटीका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई निस्कासन गरेको थियो। उनीहरुको पुनर्वहालीको माग गर्दै महासंघ आन्दोलित छ,

यसअघि भदौ २४ गते महासंघको नेतृत्वमा पत्रकारहरुले रेडियो नेपालको स्टुडियो भवन परिसरमा कालो ब्यानर टाँगेर आधा घण्टा धर्ना दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .