समाज


भारतको पटाका कारखानामा विस्फोट २२ जनाको मृत्यु

भारतको पटाका कारखानामा विस्फोट २२ जनाको मृत्यु

नेपालखबर
भदौ १९, २०७६ बिहिबार १०:४१,

भारतको पञ्जाब राज्यमा रहेको एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ।

विस्फोटको बेला कारखानामै रहेका अन्य २० जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन्।

देशको उत्तरी राज्य पञ्जावमा रहेको एउटा पटाका कारखानामा बुधबार विस्फोट भएको थियो।

पञ्जाबको गुर्दासपुरअन्तर्गत पर्ने बाटला क्षेत्रमा घटना भएको थियो। घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक, स्वयम्सेवक, स्थानीय बासिन्दालगायतले आगो निभाएका थिए।

भारत सरकारले यस घटनामा मारिएका प्रति व्यक्तिलाई २ लाख भारु क्षतिपूर्ति स्वरुप दिने भएको छ।

सो घटनामा घाइते भएका व्यक्तिहरुलाई ५० हजार भारु क्षतिपूर्ति दिइने समाचारमा जनाइएको छ।

सोही कारखानामा गत वर्ष पनि विस्फोट भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad