ad ad

समाज


स्याङ्जामा बाबुछोराको हत्या

स्याङ्जामा बाबुछोराको हत्या

नेपालखबर
भदौ १७, २०७६ मंगलबार १२:५१,

स्याङ्जाको हरिनास–३ ललईमा धारिलो हतियार प्रयोग गरी बाबु र छोराको हत्या भएको छ।

हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरका अनुसार आज बिहान अन्दाजी ४ बजेको समयमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी ३० वर्षीय चित्रबहादुर खड्का र चार वर्षीय रिजन खड्काको हत्या गरेको हो।

बाबु र छोराको कम्मरभन्दा माथिको भागमा झण्डै आठ/दश ठाउँमा धारिलो हतियारको चोट रहेको गाउँपालिकाका अध्यक्ष मानन्धरले बताए।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी उपरीक्षक राजकुमार लम्साल, प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारी तथा पोखराबाट कुकुरसहित आएको प्रहरी टोलीले घटनास्थलको अनुगमन गरेर फर्किएको गाउँपालिकाका अध्यक्ष मानन्धरले बताए।

घटनास्थल इलाका प्रहरी चौकीबाट झण्डै दुई किलोमिटरको दूरीमा रहेको छ । उक्त स्थानमा दुई घर मात्रै रहेको बताइएको छ। हत्या कसले र किन ग¥यो भन्ने खुल्न सकेको छैन। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .