ad ad

समाज


पुडासैनी प्रकरण : चितवन प्रशासनले जारी गर्‍याे यस्तो आदेश

पुडासैनी प्रकरण : चितवन प्रशासनले जारी गर्‍याे यस्तो आदेश

नेपालखबर
भदौ ९, २०७६ सोमबार २:३,

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका ‘सीधा कुरा जनतासँग’ कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले चितवनमा गरिरहेको प्रदर्शन हिंसात्मक हुन थालेपछि स्थानीय प्रशासनले पाँच जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरेको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आदेश जारी गर्दै सोमबार बिहान ६ बजेदेखि लागू हुने गरी जिल्लाका विभिन्न स्थानमा एक ठाउँमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेका हुन्।

उक्त आदेशअनुसार चितवनमा पूर्वतर्फ बाइपास सडकतर्फ आन्तरिक राजस्व कार्यालय चोकदेखि घरेलु कार्यालयसम्म, पश्चिमतर्फ पूर्वपश्चिम लोकमार्गस्थित समगण्डकी अस्पतालचोकदेखि चौबीस कोठी चोकसम्म, उत्तरतर्फ बाइपास सडकको आन्तरिक राजश्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज जाने चोक, नारायण मावि चोक, केषि ज्ञानकेन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गको चौबीसकोठी चोकसम्म र दक्षिणतर्फ बाइपास सडकस्थित घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार हुँदै सप्तगण्डकी अस्पतालसम्म पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन। 

69267083 502610340555576 6653021439492358144 n

रवि लामिछानेका समर्थक र प्रहरीबीच आइतबार दिउँसो चितवनमा झडप हुँदा डीएसपीसहित २३ जना घाइते भएका छन्।

झडपमा डीएसपी एकनारायण कोईराला सहित २३ बढी प्रहरी घाइते भएका प्रदेश ३ प्रहरीले जनाएको छ।

चितवन जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार ड्युटीमा खटिएका प्रहरीमाथि प्रदर्शनकारीले एक्कासि ढुंगा प्रहार गरेपछि स्थिति तनाबपूर्ण भएको हो।

प्रदर्शनकारीले भरतपुरको चौबीस कोठीमा राजमार्ग अवरुद्ध पारेपछि प्रहरीले खुलाउन प्रयास गर्नेक्रममा झडप भएको हो। रविका समर्थकहरुले राजमार्गमा चल्ने सवारी साधन समेत तोडफोड गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .