ad ad

समाज


‘पाँचवटा प्रदेशमा जारी वर्षा ठूलो हुने सम्भावना छ, सतर्कता अपनाउनुहोला’

‘पाँचवटा प्रदेशमा जारी वर्षा ठूलो हुने सम्भावना छ, सतर्कता अपनाउनुहोला’

नेपालखबर
असार १८, २०७८ शुक्रबार ०:३१,

अहिले (शुक्रबार बिहान) पाँचवटा प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आफ्नो ट्विटरमार्फत केही बेरअघि दिएको जानकारीअनुसार अहिले प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको हो।

ट्विटरमा अगाडि लेखिएको छ, ‘भारी वर्षाको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन हुन अनुरोध छ।’

महाशाखाले आज (शुक्रबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस क्रममा प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षासमेत हुने सम्भावना महाशाखाले जनाएको छ।

यसैगरी राति पनि प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जराी रहने सम्भावना छ।

यस क्रममा प्रदेश १,प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा र एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ।

बुलेटिनसँगै महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेकाले र उक्त प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .