समाज


युरोपेली देशमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, अर्को चरणको महामारी निम्तिने खतरा

युरोपेली देशमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, अर्को चरणको महामारी निम्तिने खतरा

नेपालखबर
असार १७, २०७८ बिहिबार २३:४०,

युरोपेली देशहरुमा कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले युरोपेली देशहरुमा झण्डै दुई महिनापछि सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि हुन थालेको जानकारी दिएको हो।

डब्लुएचओले सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि हुँदा अर्को चरणको महामारी फेरि सुरु हुनसक्नेतर्फ चिन्ता व्यक्त गरेको छ।

कोरोनाभाइरसको महामारी फैलिन नदिने उपायप्रति बेवास्ता गरेमा महामारी फेरि फैलिने खतरा रहेकाले त्यसतर्फ सवै तत्काल सतर्क हुनुपर्ने संगठनले जोड दिएको छ।

“युरोपेली देशहरुमा महामारीको अर्को चरण सुरु हुनसक्ने खतरा देखिएको छ, त्यसैले महामारी नियन्त्रण गर्न अपनाउनु पर्ने उपायप्रति सवै सतर्क हुनुपर्दछ,” संगठनको युरोप क्षेत्रीय कार्यालयका निर्देशक हान्स क्लुगले भने।

उनले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार युरोपेली क्षेत्रमा अहिले १० प्रतिशतको दरले सङ्क्रमितको सङ्ख्यामा बृद्धि हुन थालेको हो।

क्लुगले युरोपेली देशमा सामाजिक दुरी कायम राख्ने, मास्क लगाउने र सावुन पानी वा सेनिटाइजरको प्रयोग गर्ने कार्यलाई कडाइका साथ गर्न गराउन पनि आग्रह गरे।

नयाँ चरणको महामारीमा डेल्टा भेरियन्ट फैलिने भएकाले यसले थप क्षति हुने सम्भावना बढिरहेको उनको भनाइ छ। खोप लगाउने अभियानलाई पनि उच्च प्राथमिकताका साथ अगाडि बढाउन पनि सवै देशका अधिकारीलाई उनले आग्रह गरे।

युरोपेली देशमा औसतमा २४ प्रतिशतले खोप लगाएको पाइएको तथ्याङ्क छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .