समाज


२० दिनसम्म सँगै राखिसकेपछि ‘तल्लो जात’की भन्दै अस्वीकार गर्ने युवक जेल चलान

२० दिनसम्म सँगै राखिसकेपछि ‘तल्लो जात’की भन्दै अस्वीकार गर्ने युवक जेल चलान

नेपालखबर
असार १४, २०७८ सोमबार १६:४,

सर्लाहीमा दलित किशोरीलाई बलात्कार गरेको अभियोगमा एक कथित उच्च जातका युवकलाई पुर्पक्षका लागि लागि सोमबार कारागार चलान गरिएको छ।

सर्लाहीको विष्णु गाउँपालिका–७ दुलवाका १९ वर्षीय युवक शिवा भनिने शिवकुमार यादवलाई मुसहर (दलित) समुदायकी १७ वर्षीया किशोरीलाई अपहरण तथा जबर्जस्ती करणी गरेको मुद्दामा सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो।

जिल्ला न्यायधिश रमेशकान्त अधिकारीको इजलाले उनलाई कारागार चलान गर्न आदेश दिएको हो।

अधिवक्ता उमेश साहले गरेको थुनछेक बहसबाट अभियुक्तलाई कारागारमा राख्न आदेश दिइएको हो।

पीडकलाई कारबाही गराउन अधिकारमर्कीहरू विनिता कार्की, राजेश पासवान, राजन बैठा र महेश पासवानले विशेष पहल गरेको दलित अगुवा राजेश पासवानले जानकारी दिए।

बिहे गर्ने आश्वासन दिएर अभियुक्त शिवाले गत वैशाख ५ गते ती दलित किशोरीलाई घरबाट भगाएका थिए। दलित अधिकारर्मी राजेश पासवानका अनुसार शिवाले किशोरीलाई बाराको जितपुर लगेर २० दिनसम्म सँगै राखे र यौन शोषण गरे।

त्यसपछि उनले किशोरीलाई उनकै घरमा ल्याएर छाडिदिए। तर त्यत्रो केटासँग बसेको भन्दै किशोरीका अभिभावकले उनलाई घरमा पस्न दिएनन्। यसपछि किशोरी शिवाकै घरमा गइन्। तर शिवाका अभिभावकले पनि उनलाई तल्लो जातको भन्दै घर भित्रै पस्न दिएनन्। यसपछि अधिकारकर्मीको पहलमा पीडित किशोरीले युवकविरुद्ध अपहरण तथा शरीर बन्धक र बलात्कार मुद्दा होलकी थिइन्।

यो पनिः रूपा सुनारको बदनाम गराउने यो भाइरल तस्बिरको वास्तविकता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .