समाज


निषेधाज्ञामा यी क्षेत्र अझै बन्द रहनेछन्

निषेधाज्ञामा यी क्षेत्र अझै बन्द रहनेछन्

नेपालखबर
असार १४, २०७८ सोमबार ७:७,

काठमाडौं उपत्याकामा थप ७ दिन निषेधाज्ञा थप गरिएको छ। असार १५ गतेबाट २१ गतेसम्मका लागि उपत्यकामा निषेधाज्ञा थप गरिएको हो।

सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको भए पनि अझै केही क्षेत्र खोल्न भने निषेध गरिएको छ।

निषेधाज्ञाको समयमा सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, ब्यूटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्राहलय, चिडियाखा, रंगशालामा हुने दर्शकसहितका खेलकुद गर्न पाइने छैन।

खुला स्थानमा मानिसहरु जम्मा हुन र जात्रा महोत्सव गर्न पनि प्रतिवन्ध लगाइएको छ।

विवाह, व्रतबन्ध तथा सामूहिकरुपमा हुने सांस्कृतिक कार्यक्रम होटलमा वा पार्टी प्यालेसमा गर्न पाइने छैन।

पुजारीबाट हुन् नित्य पूजाबाहेक मन्दीर नखुल्ने प्रशासनले जनाएको छ। शैक्षिक संस्थाहरु पनि भौतिकरुपमा खुल्ने छैनन्। २५ सिट क्षमताका सार्वजनिक यातायात पनि चलाउन पाइने छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad