समाज


उपत्यकामा ४२७ सहित यी हुन् बढी संक्रमित थपिएका ५ जिल्ला

उपत्यकामा ४२७ सहित यी हुन् बढी संक्रमित थपिएका ५ जिल्ला

नेपालखबर
असार ११, २०७८ शुक्रबार १२:२५,

काठमाडौं उपत्यकामा आज ४२७ जनामा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा ३०८, ललितपुरमा ७६ र भक्तपुरमा ४३ जना संक्रमित थपिएका छन्।

आज काठमाडौंपछि धेरै संक्रमित कास्कीमा फेला परेका छन्। गण्डकी प्रदेशको कास्कीमा २३३ र तनहुँमा १२८ जना संक्रमित थपिएका हुन्।

आज एक सय भन्दा बढी संक्रमित थपिएका यीनै तीन जिल्ला हुन्। यसबाहेक बढी संक्रमित प्रदेश १ को मोरङमा ९७ र सुनसरीमा ९४ जना संक्रमित भेटिएका छन्।

आज देशभर २ हजार ४७६ कोरोना संक्रमित थपिएका छन् भने ५ हजार ४५५ निको भएका छन्। यस्तै, २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .