ad ad

समाज


उपत्यकामा थपिए ३३५ संक्रमित, यस्तो छ हिजो र आजको तुलना

उपत्यकामा थपिए ३३५ संक्रमित, यस्तो छ हिजो र आजको तुलना

नेपालखबर
असार १०, २०७८ बिहिबार ११:३०,

काठमाडौं उपत्यकामा आज ३३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। काठमाडौंमा २३४, ललितपुरमा ६८ र भक्तपुरमा २३ संक्रमित फेला परेका हुन्।

उपत्यकामा हिजो ४९७ जना संक्रमित थपिएका थिए। जसमा काठमाडौंमा ३४६, ललितपुरमा ९४ र भक्तपुरमा ५७ जना रहेका थिए।

आज देशभर २ हजार ४७५ जनामा संक्रमण पुष्टि भएको तथा २ हजार ५१८ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हिजो नेपालमा २ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ३ हजार ५५८ जना संक्रमणमुक्त भएका थिए।

यस्तै, हिजो विभिन्न समयमा सेनाले गरेको शव व्यवस्थापनसहित ८१ जनाको मृत्यु भएको थिया भने आज २४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। यो सहित नेपालमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या ८ हजार ९१८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .