समाज


धनुषाको ढल्केबरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनुषाको ढल्केबरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपालखबर
भदौ ५, २०७६ बिहिबार १२:४९,

 जनकपुरको ढल्केबरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

 जनकपुर उपमहानगरपालिका–१४ ढल्लेबरमा ज७ प २०७२ नम्बरको मोटरसाइकललाई ना२ख ९२२० नम्बरको ट्रकले बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–१ पुलचोक बस्ने ४५ वर्षीय रवि मेस्तरको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मेस्तरको जनकपुर अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकललाई ठक्कर दिएपछि ट्रक चालक फरार रहेको र हाल उनको ओजी भइरहेको प्रहरीले जनाएको छ।

फरार चालकको खोजीका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad