समाज


कोपा अमेरिका भइरहेको ब्राजिलमा कोरोनाबाट ५ लाख बढीको मृत्यु, राष्ट्रपति बोल्सोनारो आलोचित

कोपा अमेरिका भइरहेको ब्राजिलमा कोरोनाबाट ५ लाख बढीको मृत्यु, राष्ट्रपति बोल्सोनारो आलोचित

नेपालखबर
असार ६, २०७८ आइतबार ७:२५,

६ महिनाको अवधिमा ब्राजिलमा २ लाख ५० हजारको कोरोनाको कारण त्यहाँ मृत्यु भएको छ।

ब्राजिलमा कोरोना संक्रमण र त्यसबाट हुने मृत्यु अझै नियन्त्रण बाहिर भएको बताउँदै न्युरो वैज्ञानिक मिग्युल नेकोलिलिस भन्छन्,‘गतवर्षको जुनमा ब्राजिलमा कोरोनाका कारण ५० हजारको मृत्यु भएको थियो। एकवर्षमै १० गुणाले मृतक संख्यामा वृद्धि देखिएको छ। यो डरलाग्दो अवस्था हो।’

ब्राजिलमा कोरोनाको अवस्था भयावह हुँदा त्यहाँका राष्ट्रपति बोल्सोनारो आलोचित हुने गरेका छन्।

Bolsonaro booed on plane, tells critics to 'take a donkey' - France 24बोल्सोनारो

उनी पहिले डोनाल्ड ट्रम्पले जे भन्थे त्यही सिको गर्थे। कोरोना भाइरसलाई सामान्य रोग बताउने उनले देशमा लकडाउन गर्न नहुने धारणा राख्दथे। तर राज्य सरकारले उनको भनाइलाई बेवास्ता गर्दै लडकाउन लगायतमा प्रतिबन्धात्मक नियम लागू गरेका थिए।

यतिबेला ब्राजिल कोरोनाबाट प्रभावित विश्वकै तेस्रो राष्ट्र हो। अमेरिका र भारतपछि त्यहाँ धेरै संक्रमण पुष्टि भएको छ। मृत्युको हिसाबमा भने ब्राजिल अमेरिकापछि सबैभन्दा बढी प्रभावित राष्ट्र हो।

यसैबीच यतिबेला ब्राजिलमा कोपा अमेरिका फुटबल प्रतियोगिता जारी छ।

दर्शकको अनुपस्थितीमै प्रतियोगिता संचालन भइरहेता पनि यो प्रतियोगिताले ब्राजिलमा कोरोनाको अर्को लहर सिर्जना गर्नसक्ने चेतावनी दिइएको छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad