ad ad

समाज


सर्लाहीमा टिपरको ठक्करबाट सञ्चारकर्मीको ज्यान गयो

सर्लाहीमा टिपरको ठक्करबाट सञ्चारकर्मीको ज्यान गयो

शैलेन्द्र महतो
असार ४, २०७८ शुक्रबार १४:३२,

सर्लाहीमा टिपरको ठक्करबाट एक सञ्चारकर्मीको ज्यान गएको छ।

मृत्यु हुनेमा सर्लाहीको इश्वरपुर नगरपालिका–१३ गौरिशंकर बस्ने रामबृक्ष महतोका छोरा ३० वर्षीय अर्जुन महतो रहेका छन्।

सर्लाहीको हरिपुर्वा नगरपालिका ८ वसन्तपुर मुखिया चौकमा अपराह्न ४ बजे हरिपूर्वातिर जाँदै गरेको टिपरले विपरीत दिशातिर आउँदै गरेको ज ७ प ९०४२ नम्बर को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना पश्चात् स्थानीयबासीले टिपर जलाएका छन्। टिपरको नम्बर खुल्न सकेको छैन। घटनाविरुद्ध स्थानीयले सडक समेत अवरुद्ध गरेका छन्।

चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

मृतक महतो महोत्तरीको गौशाला स्थित रेडियो जुनतारा १०३.४ मेगाहर्जमा कार्यक्रम सञ्चालक तथा मार्केटिङको काम गर्थे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .