सिन्धुपाल्चोकको मेलम्ची बजारमा अहिले राति फेरि लेदोसहितको बाढी आउने जोखिम देखिएको भन्दै स्थानीय बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
महाशाखाले ट्विटरमार्फत बिहीबार साँझ साढे ७ बजे सिन्धुपाल्चोकस्थित शेर्माथाङ र धाप वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा मध्यमदेखि भारीसम्म वर्षा भएको जानकारी दिँदै मेलम्ची बजारमा फेरि बाढी पस्ने सम्भावना देखिएको जानकारी दिएको हो।
‘सो क्षेत्रमा असार १ मा पहिरो गएकाले, लेदो बग्ने सम्भावना भएकाले मेलम्ची बजारलगायत तल्लो तटीय क्षेत्रहरूमा सतर्कता अपनाऔं,’ महाशाखाले भनेको छ।
यही असार १ गते राति आएको बाढीमा परी ४ जनाको मृत्यु भएको छ भने अझै १७ जना बेपत्ता छन्।
प्रतिक्रिया