ad ad

समाज


भारतमा बनेको पाउडर औषधि कोरोनाका सबै भेरिएन्टविरुद्ध प्रभावकारी : अनुसन्धान

भारतमा बनेको पाउडर औषधि कोरोनाका सबै भेरिएन्टविरुद्ध प्रभावकारी : अनुसन्धान

नेपालखबर
असार ३, २०७८ बिहिबार ४:५५,

भारतमा हालै विकास गरिएको टुडीजी नामको नामको औषधि कोरोना भाइरसका सबै भेरिएन्टको संक्रमणविरुद्ध प्रभावकारी भएको त्यहाँका वैज्ञानिकले दाबी गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतको रक्षा अनुसन्धान एवं विकास संगठन (डीआरडीओ) ले कोरोनाविरुद्ध हालै विकास गरेको टु–डियोक्सी–डी–ग्लुकोज (टुडीजी) औषधि सबै किसिमका भेरिएन्टको संक्रमणमा प्रभावकारी देखिएको नयाँ अध्ययनले पुष्टि गरेको हो।

प्रारम्भिक अध्ययनबाट टुडीजी औषधिले मानव शरीरको कोशिकामा कोरोनाले पार्ने साइटोप्याथिक प्रभाव (सीपीई) समेत घटाई कोषिका नष्ट हुनबाट जोगाउने तथ्य पत्ता लागेको छ।

अक्सिजनको आवश्यकता ४० प्रतिशतसम्म घटाउँछ
टुडीजी औषधि भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्षवद्र्धनले डीआरडीओको मुख्यालयमा गत मे १७ तारिखका दिन सार्वजनिक गरेका थिए। त्यस क्रममा भारत सरकारले पहिलो खेप औषधि सार्वजनिक गर्दै यसले कोरोना संक्रमितलाई निको हुने समय २ दिन र अक्सिजनको आवश्यकता ४० प्रतिशतसम्म घटाउने दाबी गरेको थियो। यो औषधिलाई भारतीय औषधि महानियन्त्रक (डीसीजीआई) ले गत जुन १ तारिख कोरोनाबाट गम्भीर बिरामीमा आपतकालीन प्रयोग गर्न अनुमति दिएको हो।

अध्ययनको समीक्षा बाँकी
गत जुन १५ का दिन प्रकाशित उक्त नयाँ अध्ययनको समीक्षा गर्न भने बाँकी छ। अध्ययन प्रतिवेदन अनन्त नारायण भट्ट, अभिषेक कुमार, योगेश राय, धिविया वेदगिरीलगायले तयार पारेका हुन्।

एक प्याकेटको ९ सय रुपैयाँ
भारतका सरकारी अधिकारीका अनुसार कोरोना संक्रमणविरुद्धको टुडीजी औषधिको मूल्य बजारमा प्रतिप्याकेट ९ सय रुपैयाँ (भारतीय) हुनेछ। औषधि हैदराबादस्थित डा. रेड्डिज ल्याबोरेटरिज (डीआरएल) ले बिक्री गर्नेछ।

सावधानी
डाक्टरले कोरोनाविरुद्ध बनेको टुडीजी औषधि प्रयोगमा केही सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन्। अनियन्त्रित मधुमेह, गम्भीर मुटुरोगी, मिर्गाेलासम्बन्धी तथा एआरडीएसजस्ता रोग भएकाहरूमा भने यो औषधि अहिलेसम्म प्रयोग गरिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .