समाज


उपत्यकामा ४९० जना संक्रमित थपिए

उपत्यकामा ४९० जना संक्रमित थपिए

नेपालखबर
असार २, २०७८ बुधबार ११:१२,

गएको २४ घण्टामा काठमाडौं उपत्यकामा ४९० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३४५, ललितपुरमा ६६ र भक्तपुरमा ७९ जनामा संक्रमण पुष्टि भएको हो।

हिजो उपत्यकामा ५४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो जसमा काठमाडौंमा ४५५, ललितपुरमा ७४ र भक्तपुरमा १६ जना संक्रममित फेला परेका हुन्।

यस्तै, आज देशभर २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार ८२ निको भएका छन्। ५२ जनाको निधन भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .