समाज


पोलियो खोप अभियानमा संलग्न पाँच स्वास्थ्यकर्मीको हत्या

पोलियो खोप अभियानमा संलग्न पाँच स्वास्थ्यकर्मीको हत्या

नेपालखबर
असार १, २०७८ मंगलबार २३:३९,

अफगानिस्तानको नान्गरहर प्रान्तमा जारी पोलियो खोप अभियानमा संलग्न पाँचजना स्वास्थ्यकर्मीको हत्या भएको छ। घटनामा अन्य चारजना गम्भीर घाइते भएका छन्।

खोप अभियानमा संलग्न स्वास्थ्यकर्मीमाथि बन्धुकधारीले अन्धाधुन्द आक्रमण गरेका सरकारी अधिकारीहरुले जनाएका छन्।

प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्लाह खोग्यानीले अज्ञात बन्धुकधारीले प्रान्तीय राजधानी जलालाबाद शहर र नजिकैको खोग्यानी र सुर्ख जिल्लामा पोलियो थोपा खुवाउन खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको जानकारी दिए।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। सुरक्षा निकायले ती स्वास्थ्यकर्मीका लागि विशेष सुरक्षा व्यवस्था गर्न सकेका छैनन्।

अफगान स्वास्थ्य मन्त्रालयले पाँच वर्षमुनिका लाखौं बालबालिकालाई पोलियो खोप दिने गरी राष्ट्रव्यापी अभियान सञ्चालन भइरहेको समयमा उक्त घटना भएको जनाएको छ।

कुनै पनि समूहले उक्त आक्रमणको जिम्मेवारी स्वीकारेको छैन । यसअघि, गत मार्चमा पनि नान्गरहरमा भएका दुई बेग्लाबेग्लै घटनामा पोलियो खोप खुवाउने अभियानमा संलग्न दुई महिला स्वास्थ्यकर्मीको गोली हानी हत्या गरिएको थियो।

विश्वमा हाल दुई मुलुक अफगानिस्तान र छिमेकी पाकिस्तानमा हरेक वर्ष पोलियोका बिरामी देखा पर्ने गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .