समाज


२४ घण्टामा संक्रमित हुने भन्दा निको हुने दोब्बर

२४ घण्टामा संक्रमित हुने भन्दा निको हुने दोब्बर

नेपालखबर
जेठ २९, २०७८ शनिबार ११:९,

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८४ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन। 

स्वास्थ मन्त्रालयका अनुसार १४ हजार ४९४ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित देखिएका हुन्।  तीमध्ये नौ हजार ५९८ पिसिआर बिधिबाट र पाँच हजार ५८४ एन्टिजेन बिधिबाट परीक्षण गरिएको थियो। 

 २४ घण्टामा संक्रमितको तुलनामा दोब्बर संख्यामा निको भएका छन्। निको हुनेको संख्या ६ हजार २९५ रहेको छ।  यस्तै काठमाडौंमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ गरी उपत्यकामा ५९८ जना संक्रमित भएका छन्।

नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित ६७ जनाको मृत्यु भएको छ। यो विवरणसहित हालसम्म कूल आठ हजार ३०५ जनाको कोरोनाका कारण दुःखद निधन भएको छ।

मन्त्रालयका अनुसार कूल छ लाख चार हजार ३९६ जनाको कोरोना पोजेटिभ देखिएको छ । यस्तै, पाँच लाख २० हजार ८१६ जना निको भएका छन। निको हुने दर ८६.२ प्रतिशत रहेको छ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा सक्रिय सङ्क्रमितको संख्या १० हजार ५१ जना रहेको छ। कूल एक लाख ८६ हजार २०३ निको भएका छन् भने एक हजार ७५० जनाको निधन भएको छ।

भक्तपुरमा दुई हजार ९४६ जना सक्रिय सङ्क्रमित रहेकामा १८ हजार ४२ निको भएका छन्। यस्तै, ३४९ को मृत्यु भएको छ। ललितपुरमा कूल तीन हजार ९९४ जना सक्रिय संक्रमित रहेकामा ३१ हजार ३१२ जना निको भएका छन्।

यस्तै, ५०५ जनाको निधन भएको छ। ४५ जिल्लामा ५०० बढी सङ्क्रमित मन्त्रालयका अनुसार ५०० भन्दा माथि उपचारार्थ सङ्क्रमित भएका जिल्लाको सङ्ख्या ४५ रहेको छ । प्रदेश नं १ को मोरङ, सुनसरी र झापामा ५०० बढी सङ्क्रमित रहेका छन्। प्रदेश नं २ को रौतटह, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा र सर्लाही रहेका छन्।

वाग्मती प्रदेशको काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलान्चोक, मकावानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, दोलखा र रामेछापमा ५०० बढी संक्रमित रहेको मन्त्रालयको भनाइ छ।

गण्डकी प्रदेशका कास्की, गोरखा, नवलपरासी (पूर्व), तनहुँ र लमजुङ छन्। लुम्बिनी प्रदेशका दाङ, बाँके, रुपन्देही, पाल्पा, बदिृया, कपिलवस्तु, गुल्मी, नवलपरासी (पश्चिम) र रोल्पा , कर्णाली प्रदेशको सुर्खेत र दैलेख तथा सुदूरपश्चिम प्रूदेशको डेडेल्धुरा,कैलाली, कञ्चनपुर, बैतडी, अछाम र डोटीमा ५०० बढी संक्रमित रहेको मन्त्रालयको भनाइ छ।

यस्तै, २०० भन्दा माथि उपचारार्थ सङ्क्रमति भएका जिल्लामा ताप्लेजुङ, उदयपुर, धनकुटा, संखुवासभा, खोटाङ र ओखलढुंगा छन्। रसुवा स्याङजा पर्वत, अर्घाखाँची, सल्यान, जाजरकोट, रुकुम पश्चिम र दार्चुलामा पनि २०० भन्दा माथि मात्रै सङ्क्रमित उपचारमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad