भारतका योग गुरु बाबा रामदेवले पनि कोरोनाविरुद्धको खोप लगाउने भएका छन्।
एलोप्याथिक उपचार पद्धतिको विरोध गरेका पतञ्जलि आयुर्वेदिक संस्थाका संस्थापक रामदेवले पनि अन्ततः कोरोना खोप लगाउने घोषणा गरेका हुन्।
रामवदेवले चाँडै कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरेको भारतीय समाचार एजेन्सी पीटीआईले जानकारी दिएको हो।
यसअघि एलोप्याथिकलगायत आधुनिक उपचार पद्धतिको विरोध गर्दा रामदेवविरुद्ध विवादमा आएका थिए।
भारतका चिकित्सकले उनीविरुद्ध देशव्यापी आन्दोलनै गर्दै कानुनी कारबाही गर्ने चेतावनी दिएका थिए।
यहीबीच रामदेवले बिहीबार कोरोनाविरुद्ध खोप लगाउने घोषणा गरेको पीटीआईले जनाएको छ।
3
Shares

प्रतिक्रिया