ad ad

समाज


हतियार र लागु औषधसहित मोरङमा तीनजना पक्राउ

हतियार र लागु औषधसहित मोरङमा तीनजना पक्राउ

नेपालखबर
जेठ २७, २०७८ बिहिबार १४:६,

मोरङमा हतियार तथा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुनवर्षी गाउँपालिका–८ का ६० वर्षीय अब्बास मिया, चेवन कुमार धमला, बिशाल भन्ने खेम भट्टराई रहेका छन्।

अब्बास मियाको घरमा पेस्तोल, त्यसको गोली र लागुऔषध समेत फेला परेको मोरङका डीएसपी मानबहादुर राईले जानकारी दिए।

बुधबार बिहान बेलबारी नगरपालिका १० भाउन्ने जंगलस्थित पूर्व पश्चिम लोक मार्गमा धमला र भट्टराई सवार मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको थियो।

त्यस क्रममा स्थानीय १६ वर्षीय प्रितम राई, १५ वर्षीय सन्देश दास र कानेपोखरी गाउँपालिका ७ का ६५ वर्षीय दिलकुमार योगीलगायतलाई ठक्कर दिँदा ५ जना घाइते भएका थिए।

उनीहरुलाई उपचारको लागि नोवेल सामुदायिक अस्पताल बेलबारीमा लगिएको थियो। घाइते मध्ये सुन्दरहरैचा नगरपालिका ९ का चेवन कुमार धमला र बिशाल भन्ने खेम भट्टराईलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले शंकास्पद देखी चेकजाँच गर्ने क्रममा लागु औषध ८९२ पिस नाईट्रोजन ट्याब्लेट र १३.८६० ग्राम चरेश जस्तो देखिने कालो पदार्थ फेला पारेको थियो।

अनुसन्धानको क्रममा उक्त लागु औषध अब्बास मियाबाट किनेको उनीहरुले बताएका थिए। त्यसपछि प्रहरीले मियाको घरमा खानतलासी गरेको थियो। एउटा टुवा पेस्तोल, २ थान गोली, नाईट्रोभेट ६०० ट्याब्लेट, डाईलेक्स डिसी २ बोतल र एउटा चक्कु फेला पारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .