ad ad

समाज


भारतमा लगातार दोस्रो दिन एक लाखभन्दा कम संक्रमित थपिए, धेरै राज्यको लकडाउन खुल्यो

भारतमा लगातार दोस्रो दिन एक लाखभन्दा कम संक्रमित थपिए, धेरै राज्यको लकडाउन खुल्यो

नेपालखबर
जेठ २६, २०७८ बुधबार १०:३३,

यसबीचमा त्यहाँ दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम हुन थालेको छ।

भारतमा लगातार दुई दिनयता एक लाखभन्दा कम संख्यामा कोरोना संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५९६ जना कोरोनाभाइरसबाट सङ्क्रमित थपिएका छन्।

मंगलबार पनि त्यहाँ एक लाखभन्दा कम संक्रमित थपिएका थिए। भारतमा मंगलबार सार्वजनिक गरिएको विवरणमा एक दिनमा ८६ हजार ४९८ जना सङ्क्रमित भएको देखाइएको थियो।

त्यसैगरी त्योभन्दा अघिल्लो दिन सोमबार एक लाख ६३६ जना सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमितहरुको कुल सङ्ख्या दुई करोड ९० लाख ८९ हजार ६९ पुगेको छ।

मन्त्रालयका अनुसार भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १२ लाख ३१ हजार ४१५ रहेको छ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दुई करोड ७५ लाख चार हजार १२६ रहेको जनाइएको छ।

पछिल्लो २४ घण्टामा देशभरी कोरोनाका कारण कुल दुई हजार २१९ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या तीन लाख ५२ हजार ५२८ पुगेको छ।

कोरोनाको प्रभाव कम भएपछि यतिबेला विभिन्न राज्यको लकडाउन खुला भएका छन्। दिल्ली, महाराष्ट्र, तामिलनाडु, उत्तर प्रदेश, बिहार लगायतमा राज्यमा लकडाउन खुला भएको जनाइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .