ad ad

समाज


सांसदले स्वास्थ्य चौकीलाई दिएको औषधि म्याद गुज्रेको भेटियो

सांसदले स्वास्थ्य चौकीलाई दिएको औषधि म्याद गुज्रेको भेटियो

नेपालखबर
जेठ २५, २०७८ मंगलबार १४:४१,

गोरखाका विभिन्न स्वास्थ्य चौकीलाई सहयोगस्वरुप वितरण गरिएको औषधि म्याद गुज्रेको पाइएको छ।

गोरखा क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीले कोरोना संक्रमित बिरामीका लागि स्वास्थ्य संस्थालाई उपलब्ध गराएको बिभिन्न औषधिहरु म्याद गुज्रेको भेटिएको स्थानीयले बताएका छन्।

सांसद दवाडीले बारपाक सुलिकोट गाउँपालिका–४ स्थित सौरपानी, रन्चोक स्वास्थ्य चौकीलाई औषधि वितरण गरेका थिए।

संक्रमितका लागि भनेर वितरण गरिएको औषधि म्याद गुज्रेको भेटिएपछि स्वास्थ्य संस्थाले ती औषधिलाई बेग्लै छुट्याएर राखेको एक स्वास्थ्यकर्मीले बताए।

उनका अनुसार खोकी र पखालाको एन्टिबायोटिक औषधि म्याद गुज्रेको पाइएको हो। मेट्रोन डिएफ ५९ वटा मध्ये ३२ वटाको म्याद गुज्रेको पाइएको थियो।

सांसद दवाडीले भने केही औषधि खरिद गरिएको र केही औषधि विभिन्न सुभेच्छुकबाट प्राप्त भएको भन्दै म्याद गुज्रेका औषधि अलग गरिसकिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .