समाज


डाँका मुद्दाका फरार प्रतिवादी ३८ वर्षपछि पक्राउ

डाँका मुद्दाका फरार प्रतिवादी ३८ वर्षपछि पक्राउ

नेपालखबर
जेठ २५, २०७८ मंगलबार १३:८,

डाँका मुद्दाका फरार प्रतिवादी बेलौरी नगरपालिका २ का ५५ वर्षीय चन्द्रकान्त भनिने लालबहादुर लुहारलाई प्रहरीले ३८ वर्षपछि आज पक्राउ गरेको छ।

घरमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले लुहारलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार लुहारले विसं २०४० मा लारी डिष्टीलरी बेलौरीबाट अन्त शुःल्क वापतको सरकारी रकम पुनर्वासस्थित राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न जाने क्रममा बन्दुकलगायत हातहतियार देखाई लुटपाट गरेका थिए।

कञ्चनपुर जिल्ला अदालतको विसं २०४२ को फैसलानुसार लुहारलाई तीन वर्ष एक महिना १५ दिन कैद सजाय तोकिएको थियो। वारदातदेखि लुहार फरार रहँदै आएका थिए। पक्राउ परेका लुहारलाई कञ्चनपुर जिल्ला अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad