समाज


युवतीकाे पेटबाट निकालियो ३५ किलोको ट्युमर

युवतीकाे पेटबाट निकालियो ३५ किलोको ट्युमर

नेपालखबर
जेठ २४, २०७८ सोमबार १६:१९,

भक्तपुर क्यान्सर अस्पतालमा एक बिरामीकाे पेटबाट ३५ किलोको मासुको डल्लो (ट्युमर) निकालिएको छ। एक वर्षदेखि पेटमा समस्या झेल्दै आएकी ३२ वर्षीया कुसुम लामाको पेटबाट शल्यक्रिया गरी ट्युमर निकालिएको हो।

अस्पताल प्रशासन प्रमुख राजाराम तजलेले शल्यक्रियामा चिकित्सकहरु सृष्टि प्रजापति, उषा बादे श्रेष्ठ, अनिसा श्रेष्ठ, रञ्जना मण्डल, र देवकी गुभाजुलगायतको टोली रहेको जानकारी दिए। सो टोलीले दुई घण्टा लगाएर शल्यक्रिया गरेको जनाइएको छ।

यसअघि पनि अस्पतालमा जटिल रोगको शल्यक्रिया गर्दै आएकाेमा पहिलो पटक ठूलो ट्युमर सफलतापूर्वक निकालिएको जनाइएको छ। आर्थिक अवस्था कमजोर भएको र लकडाउनका कारण अस्पतालमा नियमित परीक्षणमा आउन नसकेपछि कारण रोग पालेर बसिरहेकी लामाको समयमै उपचार हुन नसक्दा ट्युमर बढेर ठूलो भएको चिकित्सकको भनाई छ।

बिरामीका आफन्तले शल्यक्रिया शुल्क रु ३० हजार सहित करिब रु ७० हजार तिर्न नसकेको गुनासो गर्दै सहयोग गर्न आग्रह गरेका छन्। अस्पतालले सक्नेजति छुट गर्नेबारेमा छलफल भइरहेको जनाएको छ।

अक्सिजन प्लान्टका लागि पाँच करोड चार लाख संकलन

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न जनस्तरबाट पाँच करोड चार लाख ७१ हजार १०० रुपैयाँ बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको छ ।

नगरपालिकाले उपकरणका लागि यही जेठ ५ गते ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा रकम उपलब्ध गराइदिन जनस्तरमा नगर प्रमुख सुनिल प्रजापतिले आव्हान गरेका छन्। यसपछि उक्त रकम संकलन भएको जनाइएको छ।

नगरपालिकालाइ संघ-संस्था, विद्यालय, कलेज, उद्योगी व्यवसायी तथा स्थानीय दाताबाट प्राप्त रकमबाट आइसोलेशन केन्द्र र एचडियू सञ्चालनका लागि अक्सिजन प्लान्ट व्यवस्था गर्ने भएको छ। सहयोग रकम आउने क्रम जारी रहेको नगरपालिकाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .