समाज


बेलायती राजकुमार ह्यारी बने दोस्रो सन्तानको पिता, छोरी जन्मिएको घोषणा

बेलायती राजकुमार ह्यारी बने दोस्रो सन्तानको पिता, छोरी जन्मिएको घोषणा

नेपालखबर
जेठ २४, २०७८ सोमबार ६:१६,

उनकी श्रीमती मेगन मर्केलले दोस्रो सन्तानको रुपमा छोरी जन्माएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

बीबीसीका अनुसार छोरीको नाम ह्यारी र मेगनले लिलिबेट ‘लिली’ डायना माउन्टब्याटन–विन्डसर राखिएको छ। उनको जन्म गत शुक्रबार बिहान अमेरिकाको क्यालिफोर्नियास्थित सान्टा बारबारा अस्पतालमा भएको बताइएको छ।

हाल आमा र शिशु दुवै स्वस्थ्य र सकुशल रहेको बताइएको छ। ह्यारी दम्पती दोस्रो सन्तानको अभिभावक बनेको खबरसँगै बेलायतको बकिङ्घम दरबारले भनेको छ,‘महारानी, प्रिन्स अफ वेल्स र डचिस अफ कोर्न्वल एवम् ड्यूक र डचिस अफ क्याम्ब्रिज उक्त खबर सुनेर प्रसन्न भएका छन्।’

३६ वर्षीय ह्यारी र ३९ वर्षीय मेगनले सन् २०१८ को मे महिनामा विवाह गरेका थिए। विवाहको एक वर्षपछि उनीहरूको छोरा आर्चीको जन्म भएको थियो।

हाल उनीहरूले आफ्नी नवजात छोरीको तस्बिर भने सार्वजनिक गरेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad