समाज


सात दिनभित्र सेवाशुल्क सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

सात दिनभित्र सेवाशुल्क सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

नेपालखबर
जेठ १८, २०७८ मंगलबार १२:९,

सरकारले सबै अस्पताललाई सात दिनभित्र सेवाशुल्क सार्वजनिक गर्न निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई सेवाबापतको शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो।

मन्त्रालयले कोरोना महामारीको विषम परिस्थितिमा बिरामीबाट चर्को शुल्क असुल गरेको, अक्सिजनको चर्को मूल्य लिएको, अनावश्यक परीक्षण गर्न लगाई बिरामीको आर्थिक भार बढाएको, उपचारको लागि आवश्यक पर्ने सामग्रीहरुको बन्दोबस्त समेत बिरामीलाई नै गर्न लगाएको, आवश्यकताभन्दा बढी औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न लगाएको लगायत गुनासा प्राप्त भएको भन्दै सेवाशुल्क सार्वजनिक गर्न भनेको छ।

यस्ता गुनासा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेलो सरकारमार्फत र कतिपय गुनासाहरु पत्रपत्रिकामार्फत तथा कतिपय गुनासा सोझै मन्त्रालयमा आएकाले उक्त निर्देशन दिनुपरेको मन्त्रालयले जनाएको छ।

निर्देशनअनुसार अस्पतालहरुले अब सात दिनभित्र सेवाको प्रकार र त्यसबापतको लागत रकमको विवरण सञ्चालक समिति, बोर्ड, आधिकारिक निकायबाट निर्णय गराई अनिवार्य रुपमा आआफ्नो वेबसाइटमा सार्वजनिक गर्नुका साथै सबैले देख्ने गरी सूचनापाटीमा टाँस्नुपर्नेछ।

service charge circular2021

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad