कारोबार


चार अस्पताललाई आईएमई फाउन्डेसनले दियो ८० थान अक्सिजन कन्सन्ट्रेटर

चार अस्पताललाई आईएमई फाउन्डेसनले दियो ८० थान अक्सिजन कन्सन्ट्रेटर

नेपालखबर
जेठ १८, २०७८ मंगलबार ११:४९,

आईएमई ग्रुपअन्तर्गतको आईएमई फाउन्डेसनले चार अस्पताललाई २०/२० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।

कोरोना रोकथाम तथा नियन्त्रणमा सघाउ पुर्याउने उद्देश्यले फाउन्डेसनले उक्त स्वास्थ्य उपकरण सहयोग गरेको हो।

ती उपकरण आईएमई ग्रुपका प्रमुख तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन्।

उपकरण पाउने अस्पतालहरुमा गण्डकी प्रादेशिक अस्पताल पोखरा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, सेती प्रादेशिक अस्पताल धनगढी र निजामती कर्मचारी अस्पताल (सिभिल) मीनभवन काठमाडौं रहेका छन्।

दिइएकामध्ये १२ थान १० लिटरको र ८ थान ५ लिटरका रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad