समाज


बजेट २०७८ः उपत्यकामा ३०० शय्याको सुविधासम्पन्न सरुवा रोग अस्पताल बनाइने

बजेट २०७८ः उपत्यकामा ३०० शय्याको सुविधासम्पन्न सरुवा रोग अस्पताल बनाइने

नेपालखबर
जेठ १५, २०७८ शनिबार ११:०,

सरकारले आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यकामा ३०० शय्याको सुविधासम्पन्न सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको छ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार वाचन गरेको बजेट भाषणमा उपत्यकामा ३०० र सबै प्रदेशमा सबै प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पताल निर्माण गरिने बताएका हुन्।

त्यसका लागि १ अर्ब ३० करोड विनियोजन गरिएको उनले जानकारी दिए

औषधिका लागि ५ अर्ब ६० करोड विनियोजन गरिएको छ।

त्यस्तै, यसै वर्षदेखि निर्माण कार्य थालिएका ३९७ स्थानीय तहका ५, १० र १५ शय्याका आधारभूत अस्पतालहरु दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने जनाइएको छ।

त्यसका लागि ६ अर्ब १५ करोड विनियोजन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad