ad ad

समाज


चारवटा प्रदेशका केही स्थानमा ठूलो वर्षा र हावाहुरीको सम्भावना

चारवटा प्रदेशका केही स्थानमा ठूलो वर्षा र हावाहुरीको सम्भावना

नेपालखबर
जेठ १५, २०७८ शनिबार १:११,

बंगालको खाडीमा बनेको यास चक्रवातबाट विकसित प्रणालीको प्रभाव अझै कायम छ। जसले गर्दा देशभर मौसम बदली/वर्षा हुने क्रम जारी छ।

अहिले (शनिबार बिहान) पनि गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो पनि देशका केही स्थानमा मेघगर्जन/ चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।

यसैगरी राति पनि देशका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का देखि मध्यम वर्षा जारी रहने सम्भावना छ। लुम्बिनी प्रदेशका १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज (शनिबार) बिहान ६ बजे मौसम पूर्वानुमान बुलेटिनसँगै मौसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले लामो समयावधि वर्षा भइसकेपछि हुने धेरै असर (जस्तैः हिलोबाटो, हिले भीरपाखा, अवरुद्ध यातायात र सञ्चार ,पहिरो, बाढी, जमिन कटान आदि) बाट बच्न/बचाउन र आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .