समाज


पश्चिम बंगालमा यास चक्रवात पुग्नासाथ पानीमा डुबे सयौं गाउँ, १५ लाखलाई स्थान्तरण गरियो

पश्चिम बंगालमा यास चक्रवात पुग्नासाथ पानीमा डुबे सयौं गाउँ, १५ लाखलाई स्थान्तरण गरियो

नेपालखबर
जेठ १२, २०७८ बुधबार १०:११,

बुधबार चक्रावात आएको केहीबेरमै बंगालका सयौं गाउँ डुबानमा परेको बीबीसीहिन्दीले जनाएको छ।

धेरै नदीको बाँध फुटेकाले सयौं गाउँ जलमग्न भएको बताइएको छ। हाल चक्रवातले निम्त्याएको विध्वंश र पानीले २० हजार घरमा क्षति पुगेको जानकारी दिइएको छ।

पूर्व मेदिनीपुर जिल्ला र मन्दरमणि इलाकाको समुद्रमा ३० फिटसम्मको समुद्री छालले शहरका घरको तल्लो तलामा पुरै पानी भरिएको छ।

दिघा शहरमा पाँच देखि ६ फिटसम्म पानी भरिएको बताइएको छ।

१५ लाखलाई स्थान्तरण

त्यहाँका मुख्यमन्त्री ममता बनर्जीको सचिवालयले हालसम्म चक्रवातले प्रभाव पारेको क्षेत्रहरुबाट १५ लाख मानिसलाई सुरक्षित स्थानमा स्थान्तरण गरेको जानकारी दिएको छ।

सचिवालयले भनेको छ,‘पूर्वी मेदिनीपुरबाहेक उत्तर र दक्षिण २४–पारगना जिल्लाको कयौं स्थानको नदीको बाँध फुटेको छ। जसका कारण सयौं गाउँमा पानी पसेको छ।’

चक्रवातले ठूला छालहरु निम्त्याएकाले स्थिती भयावह भएको बताइएको छ। पूर्व मेदिनीपुर जिल्लाको मात्र ५१ वटा बाँध फुटेको बीबीसीले जनाएको छ।

Cyclone Yas: Keep yourself safe like this. - News8Plus-Realtime Updates On  Breaking News & Headlines

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .