बंगालको खाडीमा बनेको शक्तिशाली चक्रवात यास आज (बुधबार) दिउँसो भारतका पश्चिम बंगाल र ओडिसा राज्यको बीच समुद्र तटमा बज्रिने चेतावनी भारतीय मौसम विभागले दिएको छ।
मौसम विभागका अनुसार यास आज दिउँसो बालासोर र भद्रकस्थित धामरा (पारादीप) नजिक भएर जानेछ। जसका कारण प्रतिघण्टा १३० देखि १४० किलोमिटरसम्म वेगको आँधी चल्नेछ।
यसकारण आज समुद्रमा माछा मार्न नजान विभागले चेतावनी दिएको छ।
साथै यस क्रममा सामुद्रिक आँधीका कारण समुद्रमा २ मिटरदेखि ३ मिटरसम्म छाल उठ्ने र मेदिनीपुरसहित पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको तल्लो र ओडिसाको बालासोर र भद्रकको तल्लो क्षेत्र जलमग्न हुन सक्छ।
यासका कारण पशिचम बंगाल, ओडिसासहित झारखण्डमा ठूलो वर्षा हुन सक्ने चेतावनी पनि भारतको मौसम विभागले दिएको छ।
नेपालमा : यास चक्रवातको प्रभाव : वर्षा-हिमपात आजबाट अझ बढ्ने सम्भावना

प्रतिक्रिया