रामदेवले वैज्ञानिक उपचार पद्धति ‘एलोपेथी’विरुद्ध भनाइहरु राखेपछि आइएमएले रामदेमवमाथि कारवाहीको माग गरेको हो।
एलोपेथीको बारेमा ज्ञान नै नभएका रामदेवले मानिसहरुलाई गलत बाटोमा डोर्याएको र वैज्ञानिक उपचार पद्धतिको बदनाम गरेको आइएमएले जनाएको छ।
आइएमएका अनुसार रामदेवमाथि महामारी रोग ऐन अन्तर्गत कारवाही हुनुपर्छ।
रामदेवको भनाइले भारतीय समाजलाई नोक्सानी पुर्याउने टिप्पणी हुन थालेको छ। यसअघि रामदेवले अक्सिजन अभावमै मानिसहरुकोे मृत्यु भइरहँदा कोरोना संक्रमितमाथि चोट पुर्याउने भनाइ राखेका थिए।
उनले संसारभर भगवानले अक्सिजन दिएता पनि आज मानिसहरु अक्सिजन लिनै नसक्ने अवस्थामा पुगेको ठट्यौली पारामा बताएका थिए।
यसपटक भने उनले भनेका छन्,‘एलोपेथी एक मूर्ख र दिवालिया विज्ञा हो जसका कारण लाखौं मानिस मरिरहेका छन्।
उनले भारतको औषधि नियामक संस्थाले अनुमति दिएको रेम्डेसिभिर तथा फाभीफ्लुजस्ता औषधिले कोरोना संक्रमितको उपचार गर्न असक्षम भएको पनि दाबी गरेका थिए। टाइम्स अफ इन्डिया
Shares
प्रतिक्रिया