समाज


वर्ल्ड भिजनद्वारा एक हजार चार सय थान अक्सिजन सिलिन्डर हस्तान्तरण

वर्ल्ड भिजनद्वारा एक हजार चार सय थान अक्सिजन सिलिन्डर हस्तान्तरण

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार १४:५,

देशभरी कोरोना भाइरस दोस्रो लहरको संक्रमण बढेसँगै बालबालिका केन्द्रित संस्था वर्ल्ड भिजन इन्टरनेशनल नेपालले सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।

वर्ल्ड भिजनले १६ जिल्लाहरूमा कोभिड–१९ अस्पताल तथा स्थानीय तहका स्वास्थ्य सेवा प्रदायकलाई लक्षित गरी १ हजार चार सय अक्सिजन सिलिन्डर, २० अक्सिजन कन्सन्ट्रेटर, १ हजार १२ इन्फ्रारेड थर्मामीटर, १ हजार १२ पल्स अक्सिमिटर र २५ अस्पताल बेड स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गरेको हो।

स्वास्थ्य सामग्री स्वास्थ्य र जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र राज्यमन्त्री जुली कुमारी महतोको उपस्थितिमा हस्तान्तरण गरिएको हो। उक्त सामग्रीहरूले वर्तमान स्वास्थ्य संकटका बेला सरकारी स्वास्थ्य सेवाहरूलाई सहयोग पुर्‍याउने तथा स्वास्थ्यकर्मीहरूको सुरक्षा गर्न सहयता गर्नेछन्।

काठमाण्डौँस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा गरिएको उक्त हस्तान्तरण वल्र्ड भिजन इन्टरनेशनल नेपालको ९० दिने कोभिड–१९ दोस्रो लहर आपत्कालिन प्रतिकार्य परियोजना अन्तर्गत गरिएको जनाएको छ।

वल्र्ड भिजन बालबालिका केन्द्रित राहत, विकास र पैरवी गर्ने संस्था हो जसले विश्वमा जोखिममा रहेका लाखौँ बालबालिका जीवनमा परिवर्तन ल्याउन सहयोग पुर्‍याएको छ। वर्ल्ड भिजन इन्टरनेशनलको विश्वका १०० भन्दा बढी देशहरुमा कार्यरत छ जस मध्ये वर्ल्ड भिजन इन्टरनेशनल नेपाल एक हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad