समाज


चीनको सिचुवान प्रान्तले पठाएका स्वास्थ्य सामग्री वुधबार आइपुग्ने

 चीनको सिचुवान प्रान्तले पठाएका स्वास्थ्य सामग्री वुधबार आइपुग्ने

नेपालखबर
जेठ २, २०७८ आइतबार १५:३३,

चीनको सिचुवान प्रान्तले नेपाल सरकारलाई उपलब्ध गराएका स्वास्थ्य सामग्री वुधबार काठमाडौं आइपुग्ने भएको छ।

प्रधानमन्त्री कार्यालका अनुसार चीनको सिचुवान प्रान्तले सहयोग स्वरुप ३.०६ आरएमवी बराबरका कोरोनाविरुद्धका स्वास्थ्य सामग्री सिचुवान एयरलाइन्सको चार्टर कार्गो उडानबाट वुधबार नेपाल आइपुग्ने छन्।

चीनबाट प्राप्त हुने १६ सय अक्सिजन सिलिन्डर लिन नेपाल वायुसेवा निगमको कार्गो उडान शनिबारदेखि मंगलबारसम्म जाने आउने तय भएको जनाइएको छ।

साथै अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग आजसम्म आइपुग्ने जनाइएको छ।

यस्तै कोरोना नियन्त्रणका लागि वैशाख ३१ गते ३ करोड ७७ लाख बराबरका विभिन्न मेडिकल उपकरण र ५७ लाख बराबरका अक्सिजन तथा औषधि, जेठ १ गते १ करोड ३५ लाख बराबरका विभिन्न मेडिकल उपकरण र २ लाख बराबरका अक्सिजन तथा औषधिहरु भन्सारबाट पैठारी भएको जनाइएको छ

यस्तै पछिल्लो पटक ५ सय यात्रुको उद्दार गरिएको प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .