अस्पतालहरुमा अक्सिजनको हाहाकार भएपछि कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोटा बढाएको छ।
यसअघि तोकेको कोटामा थप गर्दै सीसीएमसीले नयाँ तालिका सार्वजनिक गरेको छ।
नयाँ कोटा अनुसार १ सय ११ अस्पताललाई ७ हजार ४ सय ७३ सिलिन्डर अक्सिजन न्युनतम वितरण गरिने भएको छ।
यस्तै सीसीएमसीले तोकेको उद्योगमा पायक नपरेमा जानकारी गराउन पनि अस्पतालहरुलाई भनिएको छ।
८ वटा अक्सिजन उत्पादक कम्पनीलाई पत्र पठाउँदै सीसीएमसीले सबै अस्पताललाई तोकेको मात्रामा अक्सिजन उपलब्ध गराउन भनेको छ।
नयाँ निर्देशन अनुसार सबैभन्दा धेरै नेपाल मेडिसिटी अस्पताल, धुलिखेल अस्पताल, पाटन अस्पताल, एपिएफ अस्पताल र त्रिवि शिक्षण अस्पतालमा ३ सय सिलिन्डरका दरले दैनिक अक्सिजन उपलब्ध गराइने भएको छ।
नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज र ग्रिनसिटी अस्पतालमा दैनिक २ सय ५० र स्टार हस्पिटल, ह्याम्स, नेपाल पुलिस, ट्रमा सेन्टर, नर्भिक र बीर अस्पतालमा दैनिक २ सय सिलिन्डरका दरले अक्सिजन उपलब्ध गराइने भएको छ।
कुन अस्पताललाई कति अक्सिजन ?
Shares

प्रतिक्रिया