आफ्नो प्रारम्भिक अनुसन्धानमा भारतीय भेरियन्ट अन्य भेरियन्टभन्दा संक्रामक भएकाले यस विषयमा विश्वले ध्यान दिनुपर्ने डब्लूएचओको भनाइ छ।
यो भेरियन्ट अहिले ३० देशमा फैलिसकेको पनि जानकारी दिइएको छ।
यसअघि बेलायती भेरियन्ट सुरुवातको कोरोना भाइरसभन्दा ७० गुणा संक्रामक भएको बताइएको थियो।
बेलायती, ब्राजिल, दक्षिण अफ्रिका साथै यतिबेला आफ्नै देशमा देखिएको कोरोना भेरियन्टबाट भारत प्रताडित बनेको छ।
भारतीय भेरियन्टले गम्भीर बिरामी बनाउने साथै उपचार तथा भ्याक्सिनको प्रभावकारीता कम गर्ने वैज्ञानिकहरुको भनाइ छ। बीबीसी
प्रतिक्रिया