उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक जारी छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जारी बैठकले उपत्यकामा निषेधाज्ञा थप गर्ने निर्णय गर्नेछ।
बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत सहभागी छन्।
उपत्यकामा जेठ १० वा १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने तयारी रहेको भक्तपुरका प्रमुख जिल्ला भट्टराईले बताए। यसअघि तीनवटै जिल्लाले आआफ्नो जिल्लामा छलफल गरेका थिए।
छलफलमा अझै कडाइ गर्दै निषेधाज्ञा थप्न सुझाव आएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।
वैशाख १६ गतेबाट सुरु भएको निषेधाज्ञा बुधबार सकिँदै छ। सरकारले ठूला सहरमा ५०० बढी संक्रमित भए र पहाडी जिल्लामा २०० बढी संक्रमित भएपछि स्थानीय प्रशासनले नै निषेधाज्ञाको निर्णय गर्नसक्ने अधिकार दिएको छ।

प्रतिक्रिया