समाज


विश्वमै पहिलोपटक बन्यो बच्चाका लागि कोरोना खोप

विश्वमै पहिलोपटक बन्यो बच्चाका लागि कोरोना खोप

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार १४:५०,

फाइजर कम्पनीलेले बनाएको कोरोना खोप बच्चाका लागि अनुमति प्राप्त विश्वको पहिलो खोप बनेको छ।

क्यानडास्थित ड्रग रेगुलेटर हेल्थ क्यानडाले १२ देखि १५ वर्षसम्मका बालबालिकाका लागि फाइजरलाई खोप प्रयोगको अनुमति दिएको हो।

यसअघि फाइजरको खोप १६ वर्षभन्दा माथि उमेरका मानिसलाई मात्र प्रयोग भइरहेको थियो।

अमेरिकामा पनि फाइजर–बायोएनटेक कम्पनीले बनाएको खोप १२ देखि १५ वर्षसम्मका बालबालिकालाई प्रयोग गर्न चाँडै अनुमति पाउने अपेक्षा गरिएको छ। 

फाइजरले बनाएको खोप गत जनवरीदेखि मार्चसम्म बच्चामा परीक्षण (ट्रायल) गरिएको थियो। परीक्षण क्रममा खोप बच्चाका लागि पूरै सुरक्षित देखिएको दाबी निर्माता कम्पनीले गरेको छ। बच्चामा खोप सय प्रतिशत नै प्रभावकारी पाइएको उसको दाबी छ।

अमेरिकामा फाइजरका अतिरिक्त मोडर्ना र जोनसन एन्ड जोन्सनका खोप पनि बच्चामा परीक्षण भइरहेको छ। मोडर्नाले बनाएको खोपको परीक्षणको नतिजा जुनसम्ममा आउने अपेक्षा गरिएको छ। यस्तै जोनसन एन्ड जोन्सनले बनाएको खोपको नतिजा पनि यसपछि आउने बताइएको छ। यो वर्ष (सन् २०२१) का अन्त्यसम्ममा दुवै कम्पनीका खोप सबै बच्चाका लागि उपलब्ध हुने सम्भावना छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad