समाज


यात्रुसँग बढी भाडा लिने चालक पक्राउ

यात्रुसँग बढी भाडा लिने चालक पक्राउ

नेपालखबर
बैशाख २२, २०७८ बुधबार १५:१०,

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने एक जनालाई गंगबु बसपार्कबाट पक्राउ गरेको छ।

कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि कडाईका साथ चेकजाँचमा खटिएको ट्राफिक प्रहरीले मौकाको फाइदा लिन खोज्ने व्यक्तिहरु सक्रिय हुन सक्ने तथ्यलाई मनन गरि छड्के अनुगमनको लागि परिचालन भएको सादा पोशाकको टोलीले गंगबु नयाँ बसपार्कबाट एक जनालाई नियन्त्रणमा लिएको हो।

महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले, स्याङ्जा चापकोट ७ घर भई मित्रनगर बस्ने बाग्लुङ भगवती काउण्टरका कर्मचारी वर्ष ३० को मिलन सारुलाई पक्राउ गरेको जानकारी दिए।

काठमाडौंदेखि बाग्लुङसम्म जाने नियमति भाडा नौ सय भएकोमा निजले तीन हजारदेखि चार हजारसम्म लिएको पाइएपछि नियन्त्रणमा लिएको उनले बताए।

पक्राउ परेका सारुले वैदेशिक रोजगारबाट घर फर्किन लागेका दस जना यात्रुबाट बाग्लुङसम्म जान बढी भाडा लिएको पाइएको महाशाखाले जानकारी दिएको छ।

पक्राउ परेका मिलनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी प्रभाग, बसपार्कमा बुझाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad