समाज


कोरोनाको उपचारमा बढी शुल्क लिने अस्पताललाई सरकारले दियो यस्तो चेतावनी

कोरोनाको उपचारमा बढी शुल्क लिने अस्पताललाई सरकारले दियो यस्तो चेतावनी

नेपालखबर
बैशाख २२, २०७८ बुधबार ११:३०,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा निजी अस्पतालहरुले सरकारले तोकेको भन्दा धेरै शुल्क लिए कारवाही गर्ने चेतावनी दिएको छ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै महामारीको संकटमा एक अर्काले सेवाभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दु:ख दिने, समस्या बढाउने कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ।

यस किसिमको अनावश्यक शुल्क लिने लगायत गैह्र कानुनी गतिविधि नगर्न मन्त्रालयले भनेको छ।

यस्ता गतिविधि गरेको थाहा भएमा मन्त्रालय र स्थानीय प्रशासनमा जानकारी गराउनसमेत स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

यस किसिमका गतिविधिको मन्त्रालयले नियमित अनुगमन गरिरहेको र त्यस्तो पाइएमा कडा कारवाही गर्ने चेतावनी पनि मन्त्रालयले दिएको छ।

केही निजी अस्पतालहरुले कोरोनाका विरामीहरुसँग चर्को शुल्क असुलेको गुनासा बढेपछि मन्त्रालयले यस्तो विज्ञप्ति जारी गरेको हो।

corona health suchana

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .