खोटाङमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।
हलेसी तुवाचुङ नगरपालिका–५ का लोकेन्द्र राईको १० वर्षीय छोरा टिहाङ राईको वडा नं ८ मा करेन्ट लागेर मृत्यु भएको हो।
बुधबार बिहान पौने ८ बजेको समयमा घरबाट फुपूको घरतर्फ जाँदै गरेका बालकले बाटोमा रहेको बिजुलीको पोल छुँदा करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
विद्युतको तारले पोलमा छोएको पाइएको छ। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया