समाज


कोरोनाबाट संक्रमित र मृत्यु भएका व्यक्तिको पहिचान खुल्ने तस्बिर सार्वजनिक नगर्नू : प्रेस काउन्सिल

कोरोनाबाट संक्रमित र मृत्यु भएका व्यक्तिको पहिचान खुल्ने तस्बिर सार्वजनिक नगर्नू : प्रेस काउन्सिल

नेपालखबर
बैशाख २१, २०७८ मंगलबार १५:४८,

कोरोनाबाट संक्रमित र मृत्यु भएका व्यक्तिको पहिचान खुल्ने तस्बिर र भिडियो सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भइरहेकोप्रति प्रेस काउन्सिल नेपालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

मंगलबार विज्ञप्ति जारी गरी प्रेस काउन्सिलले कोरोना संक्रमित र यसका कारण मृत्यु भएका मानिसका तस्बिर र भिडियो नराख्न सम्बन्धित सबैमा अनुरोध गरेको हो।

कोरोना संक्रमित र त्यसबाट मृत्यु भएका व्यक्तिको पहिचान खुलाउँदा उनीहरूका आफन्त तथा परिवारजनमा नकारात्मक असर पर्ने भएकाले त्यसो नगर्न काउन्सिलले आग्रह गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाबाट संक्रमित र मृत्यु भएका व्यक्तिको पहिचान खुल्ने तस्बिर, वैयक्तिक विवरण एवं मृतकको सामाजिक दाहसंस्कारका तस्बिर विभिन्न सञ्चारमाध्यम र सामाजिक सामाजिक सञ्जालमा पोष्ट भएका घटनाप्रति काउन्सिलको ध्यानाकर्षण भएको छ।’

संवेदनशील अवस्थामा समाचार सम्प्रेषण गर्दा सजगता अपनाउन काउन्सिलले सचेत गराएको छ।

pressnotice

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .