गएको २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण ५५ जनाको ज्यान गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज (मंगलबार) अहिलेसम्मकै धेरै ५५ जनाको ज्यान गएको हो। यो सँगै आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ।
आज ७ हजार ६६० जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ।
१७ हजार ७०२ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १६ हजार १३१ जनाको पीसीआर तथा ५७१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको हो।
आज एक हजार ७७५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।
आज १७४ जना आईसीयूमा उपचाररत रहेकोमा ७७ जना भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया