दबंग शैलीमा विवाह समारोह पुगेका डिस्ट्रिक्ट मजिस्ट्रेट यादवले बेहुला–बेहुलीलाई समेत हिरासतमा लिएको भारतीय संचार माध्यमले जनाएका छन्।
कोरोना भाइरसको प्रकोपबाट यतिबेला भारत सबैभन्दा बढी प्रभावित छ। त्रिपुरामा पनि कोरोनाविरुद्धको प्रतिबन्धात्मक नियम लागू छ।
राति १० बजेदेखि बिहान ६ बजेसम्म त्यहाँ कर्फ्यू जारी गरिएको छ। करफ्यूको नियम उल्लंघन गरेको भन्दै उनले १० बजेपछि पनि जारी रहेको विवाह समारोहमा उपस्थित मानिसहरुलाई कुटपिट गरेका थिए।
उनले विवाह समारोहमा सुरक्षा दिन पुगेका प्रहरीलाई पनि दुर्व्यवहार गरेका थिए। विवाहको लागि प्रशासनबाट अनुमति पाएको बताउँदै उनले अनुमति दिएको कागज नै च्यातिदिएका थिए।
(भिडिओ)
हाल यो घटनाको भिडिओ निकै भाइरल भएको छ। यतिबेला डिस्ट्रिक्ट मजिस्ट्रेट यादवको दबंग शैलीको चर्को आलोचना भइरहेको छ।
त्रिपुराका पाँच सांसदले यादवलाई जिल्ला प्रमुखको पदबाट हटाउनुपर्ने आवाज उठाएका छन्। यस्तै भारतका चर्चित गायक सोनु निगमले पनि यादवको शैली गुंडाको जस्तै भएको बताएका छन्।
यादवले भने आफूले कोरोनाबाट जोगाउनको लागि दुई विवाह समारोह रोकिदिएको बताएका छन्।

प्रतिक्रिया