समाज


भारतमा कोरोना संक्रमण बढ्दै जाँदा रेम्डेसिभिरको कालोबजारी, २ डाक्टरसहित ४ जना पक्राउ

भारतमा कोरोना संक्रमण बढ्दै जाँदा रेम्डेसिभिरको कालोबजारी, २ डाक्टरसहित ४ जना पक्राउ

नेपालखबर
बैशाख १०, २०७८ शुक्रबार ०:०,

भारतको ठाकुरगन्ज प्रहरीले रेम्डेसिभिर इन्जेक्सनको कालाबजारी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूमध्ये २ डाक्टर र २ एजेन्ट छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले उनीहरूका साथबाट ३४ इन्जेक्सन र ४ लाख ६९ हजार रुपैयाँ (भारु) बरामद गरेको छ। आरोपितहरूसँग प्रहरीले बयान लिइरहेको छ।

डीसपी देवेश पाण्डेका अनुसार ठाकुरगन्ज क्षेत्रमा कोरोना संक्रमितलाई लगाइने रेम्डेसिभिर इन्जेक्सनको कालोबजारी भइरहेको सूचना प्राप्त भएपछि प्रहरीले यसबारे अनुसन्धान गरिरहेको थियो। यस क्रममा बिहीबार ४ जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो।

गोन्डाको दुर्जनपुर निवासी डाक्टर सम्राट पाण्डे र सरफराजगन्ज ठाकुरगन्जका डाक्टर अतहरलाई रेम्डेसिभिरको कालोबजारी गरेको आरोपमा गिरफ्तार गरिएको हो। यस्तै अन्य २ जनामा उन्नावको बांगरमउ निवासी विपिन कुमार र सरफराजगन्जका तहजीव उल हसन छन्।

उनीहरूले १ हजार ८ सय रुपैयाँ पर्ने रेम्डेसिभिर इन्जेक्सन १९ हजारदेखि ३० हजार रुपैयाँसम्म बेच्ने गरेको पाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .