प्रहरीले मास्क नलगाई हिँड्नेलाई धमाधम कारबाही गर्न थालेको छ।
बिहीबार रौतहटमा १२० जनालाई कारबाही गरेको हो। बिहान ६ बजेदेखि साँझ ६ बजेसम्ममा उनीहरुलाई कारबाही गरी १२ हजार रुपैयाँ राजश्व संकलन गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
अरु ११ सय ४ जनालाई एक घण्टा रोकी सम्झाई बुझाई गरी छाडिएको छ।
कोरोना संक्रमण बढ्दै गएपछि प्रहरीले थप कडाइ गर्न थालेको हो।

प्रतिक्रिया