समाज


धरहराको २२ औं तलामा राखियो शिवलिङ्ग

धरहराको २२ औं तलामा राखियो शिवलिङ्ग

नेपालखबर
बैशाख ८, २०७८ बुधबार १४:०,

पुनःनिर्माण सम्पन्न भएको धरहरामा शिवलिङ्ग राखिएको छ।

वुधबार धरहराको २२ औं तलामा शिवलिङ्ग राखिएको पूनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए।

धरहराको पुरानै शिवलिङ्गलाई विशेष पूजा गरेर स्थापना गरिएको हो।

यस्तै आज नै ऐतिहासिक धरहरामा आज नै गजुर राखिएको छ। नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक वाचनसहित बिहान ८:०० बजेको शुभ साइतमा गजुर राखिएको हो।

उक्त गजुर ३३० किलोको हो । गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिए।

 

 

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad