समाज


यी हुन् पक्राउ परेका सात नक्कली डाक्टर

यी हुन् पक्राउ परेका सात नक्कली डाक्टर

नेपालखबर
बैशाख ६, २०७८ सोमबार ९:४९,

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सात जना नक्कली चिकित्सकलाई पक्राउ गरेको छ।

पक्राउ परेका उनीहरुलाई साेमबार सीआईबीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको बिष्णुपुरा गाउँपालिका–२ का २८ वर्षीय मोहम्मद सिद्दिक, महोत्तरी सरपल्लो–६ का २९ वर्षीय सुभाष प्रसाद साह, धनुषा सबैला–२ का २८ वर्षीय मोहम्मद साहिद राजा, मनाङको साविक चामे गाविस–५ का ३१ वर्षीय दिपेन्द्र गौतम, सप्तरीको शंकरपुरा–१ का ३१ वर्षीय अखिलेशकुमार देव, महोत्तरीको मनरा–५ की २७ वर्षीया पल्लवी सिंह र ललितपुर सानेपाका २९ वर्षीय फराज हुसेन खाँ रहेका छन्।

7-doctor-arrest.jpg

नक्कली प्रमाणपत्र पेश गरेर चिकित्सक बनेको आशंकामा उनीहरुलाई प्रहरीले फरक–फरक स्थानबाट पक्राउ गरेको हाे। उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेर काठमाडौं ल्याइएको सीआईबीले जनाएको छ।

उनीहरुले नक्कली प्रमाण पत्र पेश गरेर मेडिकल काउन्सिलको प्रमाणपत्र लिएकाे अनुसन्धानका क्रममा देखिएकाे छ।

आरोपीहरुले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनका लागि एसएलसीको मार्कसिटमा आवश्यक न्यूनतम योग्यता नपुग्ने भएपछि नाम, जन्ममिति, प्राप्तांकलगायतका विवरण सच्याएर मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिएको अनुसन्धानका क्रममा खुलेको छ।

पक्राउ परेका मोहम्मद सिद्दिक न्यूरो हस्पिटल विराटनगरमा कार्यरत थिए भने दीपेन्द्र गौतम चौरजहारी अस्पताल रुकुम पश्चिममा, मोहम्मद साहिद राजा दीर्घायू गुरु हस्पिटल चाबहिल र शुभाष साह जनकपुर चिल्ड्रन हस्पिटल धनुषामा कार्यरत रहेका सीआईबीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad