ad ad

समाज


झगडा परे मुखमा हिर्काइदिनु भनेर छोरालाई सिकाएपछि मकग्रेगर तानिए विवादमा

झगडा परे मुखमा हिर्काइदिनु भनेर छोरालाई सिकाएपछि मकग्रेगर तानिए विवादमा

नेपालखबर
बैशाख २, २०७८ बिहिबार १३:८,

दुबई भ्रमणमा रहेका उनले एउटा भिडिओ पोस्ट गरेका छन्। सोही भिडिओका कारण हाल उनी विवादमा तानिएका हुन्।

भिडिओमा मकग्रेगरले आफ्ना ३ वर्षका छोरालाई कसैसँग झगडा परेमा उसको मुखमा हिर्काइदिनु भनेर सिकाएपछि उनी विवादमा परेका हुन्।

मकग्रेगरले भनेका छन्,‘मुखमा हिर्काउनु, मुख र नाकमा हिकाउनुपर्छ च्याम्प। चाडो हुनुपर्छ त्यसकै लागि हामीले अभ्यास गरेका छौं।’

सामाजिक संजाल प्रयोगकर्ताहरुले आफ्ना छोरालाई ज्ञानी र अनुशासित हुन सिकाउनुपर्नेमा कनरले फटामा मानिस हुन सिकाइरहेको बताएका छन्।

यद्यपी केहीले भने छोरालाई कनरले आत्मरक्षाको कला सिकाएको बताएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .